२०८३ श्रावण २, शनिबार
18 July 2026, Saturday
Menu
 

बजेटपछि लिपमोटरको बुकिङ र डेलिभरीमा उल्लेख्य वृद्धि

बजेटपछि लिपमोटरको बुकिङ र डेलिभरीमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटपछि नेपालमा लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभी B10 र C10 को बुकिङ तथा डेलिभरीमा उल्लेख्य वृद्धि भएको छ।

नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार बजेट घोषणापछि नयाँ अर्डर उल्लेख्य रूपमा बढेका छन् भने सवारीसाधनको डेलिभरी पनि तीव्र गतिमा भइरहेको छ। कम्पनीका अनुसार प्रतिस्पर्धी नेपाली बजारमा लिपमोटरका सुरक्षा, रेन्ज र मूल्यको संयोजनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ।

कम्पनीले हाल C10 लाई प्रिमियम लक्जरी एसयूभीका रूपमा र B10 लाई विशेष मूल्यमा बजारमा उपलब्ध गराइरहेको जनाएको छ। B10 को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो मूल्य ६० लाख रुपैयाँ भन्दा ५ लाख रुपैयाँ कम हो।

कम्पनीका अनुसार दुवै पूर्ण विद्युतीय प्रिमियम एसयूभीले प्रतिष्ठित Euro NCAP 5-Star Safety Rating प्राप्त गरेका छन्, जसले विश्वस्तरीय सुरक्षा सुनिश्चित गर्छ। B10 मा CLTC मापदण्डअनुसार ६०० किलोमिटरसम्मको रेन्ज, स्पेयर टायर तथा विभिन्न आधुनिक फिचर उपलब्ध भएकाले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।

लिपमोटरप्रति बढ्दो ग्राहक आकर्षणले कम्पनीले चाँडै नेपाली बजारमा ल्याउने तयारी गरेको नयाँ मोडल ‘लिपमोटर B03’ प्रति पनि सकारात्मक संकेत दिएको कम्पनीले जनाएको छ।

विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिसको साझेदारीमा रहेको लिपमोटरले बजेटपछिको सकारात्मक बजार प्रतिक्रियाले नेपालमा आफ्नो उपस्थिति थप मजबुत हुने विश्वास व्यक्त गरेको छ। साथै, नेपाली ग्राहकलाई भरपर्दो र आधुनिक विद्युतीय सवारी उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।