1 September 2026, Tuesday
१६ भाद्र २०८३, मंगलबार
Menu
 

कर तिर्नेलाई सरकारले चिठ्ठा खेलाउने, हरेक दिन एक जना नेपाली लखपति, महिनामा २ जनालाई १०-१० लाख पुरस्कार !

कर तिर्नेलाई सरकारले चिठ्ठा खेलाउने, हरेक दिन एक जना नेपाली लखपति, महिनामा २ जनालाई १०-१० लाख पुरस्कार !

सरकारले हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएको छ ।
‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत सरकारले यस्तो योजना अघि सारेको हो ।
यसका लागि सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ समेत तयार गरिसकेको छ ।
कार्यविधि अनुसार उक्त योजनामा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान)मा आबद्ध भएका तथा एक सय रुपैयाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गर्दा बिल लिएका नागरिकहरु सहभागी हुन पाउनेछन् ।

उक्त कार्यक्रममा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँ भन्दा बढीको सामान किन्दा वा होटल, रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ । उक्त बिल नम्बरकै आधारमा विजेता घोषणा गरेर उपहार दिइनेछ ।
हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रुपमा) लखपति योजनाको घोषणा गरिने कार्यविधिमा उल्लेख छ ।

सरकारले सो कार्यक्रम बजेटमार्फत घोषणा गरेको थियो । यस्तो छ ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने कार्यविधि :-